बैतडीमा ढुंगा लागेर एकजनाको मृत्यु

६ महिना अघि

२0८0 फाल्गुन २६ शनिबार

बैतडीमा  ढुंगा लागेर एकजनाको मृत्यु

बैतडीमा बालुवा खन्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर एकजनाको मृत्यु भएको छ । 

जिल्लाको सिगास गाउँपालिका ५ साउनसल्याडीका अन्दाजी ५४ बर्षीय प्रेमसिंह धामीको ढुंगा लागेर मृत्यु भएको हो । गाउँमा निर्माण भइरहेको साउनसल्याडी सिँचाइ कुलोको लागि बालुवाखानीमा बालुवा निकाल्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर धामी गम्भीर घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको थियो ।

उनलाई उपचारका लागि लैजाँदै गर्दा मौरीबगड भन्ने ठाउँमा मृत्यु भएको स्थानीय सूर्यबहादुर बोहराले बताए । बिहीबार साँझ घटना भएको र बिहीबार राति नै धामीको मृत्यु भएको बताइएको छ । 


मृतक धामीका २ छोरा र श्रीमति रहेका छन् । धामीको मृत्युपछि परिवार समस्या परेको छ । धामी परिवारको आर्थिक अवस्था निकै नाजुक रहेको बोहराले बताए ।