अछाममा भिरबाट लडेर एक महिला घाइते

६ महिना अघि

२0८0 फाल्गुन २६ शनिबार

अछाममा भिरबाट लडेर एक महिला घाइते

अछाममा भिरबाट लडेर एक महिला घाइते भएकी छन्।

पञ्देवल बिनायक नगरपालिका–४ कालिकाकी ६५ वर्षीय नन्ता नेपाली भिरबाट लडेर घाइते भएकी छन्। कमलबजार नगरपालिका–३ बयलपाटा माइत जान्छु भनि हिँडेकी नेपाली घरबाट अन्दाजी दुई मिटर टाढा रहेको छारेकाँडा भन्ने ठाउँमा घाइते अवस्थामा फेला परेकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरेको प्रहरीले जनाएको छ।