मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण

६ महिना अघि

२0८0 फाल्गुन २५ शुक्रबार

मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण

दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण भएको छ । गएराति प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी सुतिरहेको समयमा अज्ञात समूहले आक्रमण गरेको हो ।

गाउँपालिका अध्यक्ष जमनसिंह धामीका अनुसार अधिकारी सुतिरहेको अवस्थामा राति करिब २ बजे एक्कासी झ्यालमा ढुंगाले हानेर आगजनी समेत गरिएको हो । घटनामा भौतिक क्षति पुगे पनि मानवीय क्षति हुनबाट जोगिएको छ ।


घटनापछि प्रमुख प्रशासकीय अधिकृत अधिकारी झ्यालबाट हाम फालेर बाहिर निस्किन सफल भएका थिए । नजिकै रहेको इलाका प्रहरी कार्यालयमा पुगेर उहाँले ज्यान जोगाएको प्रहरी स्रोतले जनाएको छ । घटनामा संलग्नहरुको पहिचान हुन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालयको टोली समेत पुगेर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ.।