अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा,प्रमुख जिल्ला अधिकारी किरण जोशी सम्मानित

६ महिना अघि

२0८0 फाल्गुन २५ शुक्रबार

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा,प्रमुख जिल्ला अधिकारी किरण जोशी सम्मानित

११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी सम्मानित भएकी छिन् ।

महाकाली नगरपालिका दार्चुलाले सुदूरपश्चिमकै पहिलो महिला उपसचिव तथा पहिलो महिला सिडियो जोशीलाई दिवसको अवसरमा सम्मानित गरिएको हो । जिल्ला अस्पताल दार्चुलामा आयोजित कार्यक्रममा सिडियो जोशीलाई सम्मानित गरिएको छ । जोशी विगत एक वर्षदेखि दार्चुलाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन् । उनी जिल्लामा बस्दा शान्ति सुरक्षा, समन्वयको पाटोमा अब्बल देखिएका छन् । 


यस्तै जिल्ला अस्पताल दार्चुलामा कार्यरत नर्स बबिता विष्टलाई पनि सोही कार्यक्रममा सम्मानित गरिएको छ । केही दिन अघिमात्रै विष्ट उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित भएकी थिइन् ।


‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मूल नाराका साथ यो वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीहरुलाई खादा ओडाएर सम्मान गरिएको छ । 


यस्तै जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र विरामीहरुलाई फलफुल वितरण गरिएको महाकाली नगरपालिकाका नगर उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले जानकारी दिइन् ।द्ध