आज कुकुर तिहार मनाईदै 

५ बर्ष अघि

२0७५ कार्तिक २0 मंगलवार

आज कुकुर तिहार मनाईदै 

दिपक सिह धामी कार्तिक २० दार्चुला ।
आज तिहारको दास्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पुजा गरेर कुकुर तिहार मनाईदैछ । आजको दिनमा कुकुलाई मनपर्ने खाना खुवाई, टिका लगाई मला हालेर पुजा गर्ने गरिन्छ । आजको दिनलाई नरक चतुरर्दशी पनि भन्ने गरिन्छ । कुकुरलाई पनि यमदुतका रुपमा लिईने भएका कारण र कुकुर पनि यमराजको अर्को प्रियभक्त भएका कारण कुकुर तिहार मनाईन्छ । 
कुकुर आज्ञापालक , रक्षक तथा बिभिन्न अपराधहरु गर्ने अपराधी पत्ता लगाउने ,अध्यन अनुसन्धान पनि गर्ने, घरको रेखदेख गर्ने , चोर डाका हूबाट बचाउने भएका भएकाकारण पनि कुकुरलाई महान पशुका पनि भन्ने गरिन्छ । कुकर लाई भैरवको वाहन पनि भन्ने गरिन्छ ।