सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह अल्पमतमा

६ महिना अघि

२0८0 फाल्गुन २४ बिहीबार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह अल्पमतमा

 सुदूरपश्चिम प्रदेशमा नेकपा ९एकीकृत समाजवादी० पार्टी पनि सरकारबाट बाहिरिएको छ ।

संघमा एमालेसहितको नयाँ गठबन्धनमा सामेल हुँद‌ा प्रचण्ड सरकारमा सहभागी भएको समाजवादी आज प्रदेश सरकारबाट बाहिरिएको हो ।समाजवादीकातर्फबाट आर्थिक मामिलामन्त्री रहेका नरेशकुमार शाहीले मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समीकरण फेरिएका कारण पदमा बसिरहन नसक्ने जानकारी गराएका छन् ।

शाहीको उक्त जानकारीपछि मुख्यमन्त्री शाहले उनले सम्हालिरहेको मन्त्रालय आफैसँग राखेका छन् । चार जना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीले संसदीय दलको बैठकबाट आजै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गर्ने जनाएको छ ।

माओवादी केन्द्रले यसअघि बुधबार नै प्रदेश सरकारलाई दिएको समर्थन लिएको थियो । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ ।