दार्चुला तिंकर सडकमा काम गर्दै आएका एक जनाको मृत्यु

६ महिना अघि

२0८0 फाल्गुन २४ बिहीबार

दार्चुला तिंकर सडकमा काम गर्दै आएका एक जनाको मृत्यु

दार्चुला तिंकर सडकमा काम गर्दै आएका एक जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टी मल्लामट्टे घर भएका ४८ वर्षीय ललित सिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

हिजो बेलुका तिंकर सडकखण्डमा पर्ने व्याँस गाउँपालिका वडा नम्बर २ माल छुङसिंह धारमा माथिबाट पहिरो खस्दा लडेका ठगुन्नाको मृत्यु भएको बताइएको छ ।  आज सव पोष्टमाटमका लागि खलंगा ल्याउने काम भइरहेको प्रहरीले बताएको छ ।