सुदूरपश्चिम सरकारबाट बाहिरियो एकीकृत समाजवादी

६ महिना अघि

२0८0 फाल्गुन २४ बिहीबार

सुदूरपश्चिम सरकारबाट बाहिरियो एकीकृत समाजवादी

सुदूरपश्चिम प्रदेश सरकारबाट एकीकृत समाजवादी पनि बाहिरिएको छ।

एकीकृत समाजवादीबाट आर्थिक मामिला मन्त्री रहेका नरेश शाहीले बिहीबार बिहान मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर सरकारबाट बाहिरिएको बताएका हुन्। उनी बाहिरिएपछि आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्री आफैंले राखेका छन्।‘हामीले मुख्यमन्त्री शाहलाई भेटेर समीकरण फेरिएको जानकारी गराएका छौं। सरकारबाट बाहिरिएसँगै आजै समर्थन पनि फिर्ता लिन्छौं,’ उनले भने।


बुधबार प्रदेश सरकारबाट माओवादी केन्द्र पनि बाहिरिएिको थियो।अब मुख्यमन्त्रीसँग नागरिक उन्मुक्ति पार्टीको मात्रै समर्थन छ। मुख्यमन्त्रीसँग नेपाली कांग्रेसको १८ र नागरिक उन्मुक्तिको ७ गरी २५ सांसदको मात्र समर्थन छ।५३ सदस्यीय प्रदेश सभामा सरकार जोगिन २७ सांसदको समर्थन आवश्यक हुन्छ।