भारतको बैंगलोरमा करेन्ट लागेर दुहुँका एक युवाको ज्यान गयो

६ महिना अघि

२0८0 फाल्गुन २४ बिहीबार

भारतको बैंगलोरमा करेन्ट लागेर दुहुँका एक युवाको ज्यान गयो

आइरन कम्पनीमा काम गर्ने क्रममा करेन्ट लागेर भारतको बैंगलोरमा दुहुँका एक युवाको ज्यान गएको छ । मृत्यु   हुनेमा दार्चुला जिल्ला दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिला लस्याका जय बहादुर बम रहेका छन ।

बम बिगत ६ बर्षदेखि बैंगलोरको आर बि फाबस आइरन कम्पनीमा काम गर्दै आइरहेका थिए । बमलाई हिजो फागुन २३ गते बेलुकी साढे ४ बजेतिर काम गर्ने क्रममा करेन्ट लागेको थियोे । करेन्ट लागेपछि तुरुन्तै अस्पताल लगिएको तर अस्पताल नपुग्दै बाटोमै मृत्यु भएको बैंगलोरबाट मृतकका आफन्त गणेशबहादुर बमले जानकारी दिएका छन ।

मृतक बम परिवारको एक्लो छोरा हुन । ३ छोरी र १ मात्र छोरा भएको परिवारमा बुढेसकालका आमाबुबालाई भने सहिनसक्नु पीडा भएको छ ।  २५ बर्षिय बमको बैशाखमा बिहे गर्ने तयारी थियोे तर मृत्युको खबर संगै सबैकुरा अस्ताएको परिवारले बताएको छ।