जडीबुटी छ प्रशोधन केन्द्र छैन्

५ बर्ष अघि

२0७५ कार्तिक १९ सोमबार

जडीबुटी छ प्रशोधन केन्द्र छैन्

सुलाेचना महता, कार्तिक १९ दार्चुला । दार्चुला जिल्ला जडीबुटीको खानी हो । यहाँ विभिन्न किसिमका बहुमुल्य जडीबुटीहरु पाइन्छन् । जडिबुटी संकलन गरेर कम मूल्यमै कच्चा पदार्थ बेच्नु पर्दा स्थानीयले सोचे जती आम्दानी गर्न नसक्नुको मुख्य कारण हो दार्चुला जिल्लामै जडिबुटी प्रसोधन केन्द्र नहुनु ।  दार्चुला जिल्ला हिमाली जिल्ला भएकाले यहाँ यार्सागुम्बा, पाचँऔँले, चिराइतो, च्याउ, सतुवा, खिरौला(सेतो चिनी), कटुकी, दालचिन, घनेबिष, जटामसी देखि लिएर अन्य सय भन्दा बढी किसिमका बहुमुल्य जडीबुटी पाइन्छन् ।

 यस्ता जडीबुटीहरुलाई कच्चा पदार्थका रुपमा प्रयोग गरी विभिन्न औषधी देखि विभिन्न केमिकल, साबुन लगायत साम्रगी निमार्ण गर्ने संघ संस्थाहरु र उद्योग कलकारखाना नहुँदा यहाँको जटिबुटीहरुले भनेअनुसारको मूल्य नपाउने गरेको जटिबुटी व्यवसायिहरुले बताएका छन् ।  


बहुमुल्य जडीबुटी संकलनकर्ताहरुबाट वर्षै पिच्छे अपीनाम्पा संरक्षण क्षेत्रले लाखौँ राजश्व संकलन गर्ने गर्छ । तर संकलन गरिएका जडिबुटीहरुलाई जिल्लामै प्रसोधन र ग्रडिङ गरेर आन्यत्र बजारमा पु¥याउन सकेमा जडिबुटीबाट धेरै फाईदा लिन सकीने जडिबुटी व्यवसायि मंगलसिह ठगुन्नाले बताउनु भयो । दार्चुला जिल्लामा प्रसस्त मात्रामा जडीबुटी पाइने हुदाँ अल्पकालिन तथा दीर्घकालीन रोगका औषधी बनाउन सकिने जिल्ला आयुर्वेदक केन्द्रका लोकेन्द्र जोशीले  बताउनु भयो । जडीबुटी प्रशोधन केन्द्र जिल्लामै स्थापना गर्नका लागि यस क्षेत्रसँग सम्बन्धित ज्ञान भएको जनशक्ति र उपकरण आवस्यक छ । यसका लागि जिल्ला तथा प्रदेश सरकार तथा संघिय सरकारसंग आवश्यक पहल गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख करविर कार्कीले बताउनु भयो ।