इन्स्टा फाइनान्समार्फत सामसङ ग्यालेक्सी स्मार्टफोन किन्न थप सहज

६ महिना अघि

२0८0 फाल्गुन २३ बुधबार

इन्स्टा फाइनान्समार्फत सामसङ ग्यालेक्सी स्मार्टफोन किन्न थप सहज

इन्स्टा फाइनान्समार्फत सामसङ ग्यालेक्सी स्मार्टफोन किन्न चाहनेहरूका लागि थप सहज भएको छ । अब आफ्नो र आफ्नो ग्यारेन्टरको दुई–दुई वटा पासपोर्ट साइजको फोटो र नागरिकता बोकी आफ्नो नागरिकता जारी भएको जिल्लामा रहेको कुनै पनि आधिकारिक सामसङ फाइनान्स स्टोरमा गएरै २० हजार रुपैयाँ वा बढी मूल्यको ग्यालेक्सी स्मार्टफोन शून्य प्रतिशत ब्याज रहेको ईएमआईमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

इन्स्टा फाइनान्सको साथै ग्राहकले आउँदो वैशाख १८ गतेसम्म आफ्नो कुनै पनि पुरानो स्मार्टफोन साटेर ुएन्हान्स्ड ट्रेड–इन बेनिफिट्सु द्वारा नयाँ ग्यालेक्सी एस–२४ सिरिज लिन सक्नेछन् । यो अफर अर्को स्टोर र सबको फोन लगायतका ट्रेड पार्टनरहरूमार्फत उपलब्ध गराइएको सामसङले जनाएको छ ।

यस सेवामार्फत ग्राहकले आफ्नो पुरानो सामसङको एस, एन वा जेड सिरिज वा कुनै पनि एप्पल स्मार्टफोनको मूल्याङ्कनमा थप पाँच हजार रुपैयाँ बोनस पाउने र सामसङ ग्यालेक्सी ए वा एम सिरिजका स्मार्टफोन साट्दा तीन हजार बोनस पाउने कम्पनीको भनाइ छ । यी सुविधाहरू नेपालभरि नै उपलब्ध छ ।