बैतडीका भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय सम्हाल्ने

६ महिना अघि

२0८0 फाल्गुन २३ बुधबार

बैतडीका भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय सम्हाल्ने


नयाँ सरकार गठन भएसंगै बैतडीका सांसद दामोदर भण्डारी पनि मन्त्री मण्डलमा अटाएका छन् । यसअघि अर्थराज्यमन्त्री र उद्योग मन्त्री भइसकेका भण्डारी फेरि मन्त्री बनेका हुन् । उनको मन्त्रालयभने टुंगो लागिसकेको छैन् । 
२०३० सालकार्तिक २० गते पाटन नगरपालिका –६ मा बुवा उदयसिंह भण्डारी र आमा कमला भण्डारीको कोखबाट दामोदर भण्डारी जन्मेका थिए । उनले २०४६ सालदेखि नै राजनीति शुरु गरेका उनका निकटहरुले बताएका छन् । 
२०४८ सालमा अनेरास्ववियु बैतडीको जिल्ला कमिटी अध्यक्ष भएका भण्डारी २०५० सालमा नेकपा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बने । त्यसपछि भण्डारी २०५४ सालमा जिल्ला कमिटी उपसचिव भए । २०५६ देखि २०६४ सम्म नेकपा एमाले बैतडीको सचिव रहेका भण्डारी पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि एमाले बैतडीको अध्यक्ष बने । 
सक्रिय राजनीतिमा होमिएका भण्डारी लगातार जित निकाल्दै आएका छन् । २०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा बैतडी क्षेत्र नं १ बाट जित हासिल गरेका भण्डारीले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि जित हात पारेका थिए । २०७९ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा माओवादी केन्द्रका नरेन्द्र कुँवरलाई पराजित गर्दै भण्डारी विजयी भएका थिए । 
यसअघि उद्योग मन्त्री भएर काम गरिसकेका भण्डारी फेरि मन्त्री बनेका छन् । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट भण्डारीले ११ हजार २३३ को मतान्तरले कांग्रेस उम्मेदवारलाई नरबहादुर चन्दलाई हराएका थिए । 
तेस्रो पटक २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका नेता नरेन्द्र कुँवरलाई पराजित गर्दै भण्डारीले सिंहदरबारको यात्रा तय गरेकाहुन् ।