निर्माण गरिएका खोका तथा छाप्रा व्यवस्थित गर्न महाकाली नगरको ताकेता

६ महिना अघि

२0८0 फाल्गुन २३ बुधबार

निर्माण गरिएका खोका तथा छाप्रा व्यवस्थित गर्न महाकाली नगरको ताकेता

महाकाली नगरपालिकाले वडा नम्बर ४ र ५ को बजार क्षेत्रमा सडक साघुँरिने गरी निर्माण गरिएका खोका तथा छाप्रा व्यवस्थित गर्न ताकेता गरेको छ ।

नगरपालिकाले मंगलवार एक सूचना जारी गर्दै ५ दिनभित्र बजार क्षेत्रमा अव्यवस्थित रुपमा संचालनमा रहेका खोका, छाप्राका साथै पसल बाहिर सडक किनाराको व्यापार व्यवस्थित गर्न सूचित गरेको हो ।

पसल बाहिर सडक किनारामा व्यवसाय संचालन गर्दा मानिसहरुको आवतजावत तथा साना सवारी एम्बुलेन्स र मोटरसाइकल आदि संचालनमा समस्या उत्पन्न भएकाले ५ दिनभित्र व्यवस्थित गर्न भनिएको छ । यदि निर्धारित समयभित्र व्यवस्थित कार्य नगरेमा वा सूचनाको अवज्ञा गरेमा कारबाही हुने नगरपालिकाले दृष्टिकोण दैनिकलाई  जानकारी दिनु .।

महाकाली नगरपालिकाले सोमवारदेखि नगर प्रहरी बजार क्षेत्रमा खटाइ सडक मिचेर व्यवसाय संचालन गरिरहेकाहरुलाई सामान व्यवस्थित गर्न अह्राउने तथा अटेरी गर्नेको सामान जफत गर्न सुरु गरेको छ । सोमवार र मंगलवार नगर प्रहरी बजार क्षेत्र खटिएको छ ।