त्रिशूलीमा बस खस्दा ३८ जनाको उद्धार, ५ जनाको मृत्यु,

६ महिना अघि

२0८0 फाल्गुन २३ बुधबार

त्रिशूलीमा बस खस्दा ३८ जनाको उद्धार, ५ जनाको मृत्यु,

धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मदन कुँवरले जानकारी दिए ।सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान ४स्४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो ।

बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सन्तु जैसवालले जानकारी दिए ।उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ ।उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ ।प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।