प्रहरी समुदाय साझेदारी कार्यक्रम जिल्ला भरी विस्तार गरिदै

५ बर्ष अघि

२0७५ कार्तिक १९ सोमबार

प्रहरी समुदाय साझेदारी कार्यक्रम जिल्ला भरी विस्तार गरिदै

दृष्टीकोण समाचार, कार्तिक १९ दार्चुला । नेपाल प्रहरीले देशै भर एकैसाथ प्रहरी—समुदाय साझेदारी कार्यक्रम यहि कार्ति ११ गते उद्घाटन गरेको छ । यसैको निरन्तरता र सबै स्थानीय तहसम्म र सबै वडा तहसम्म कार्यक्रमलाई विस्तार गर्ने क्रममा सोमबार जिल्लाको दोश्रो नगरपालिका शैल्यशिखर नगरपालिकामा प्रहरी—समुदाय साझेदारी कार्यक्रमको समिति गठन गरिएको हो । 
आइतबार दार्चुला जिल्ला सदरमुकाममा रहेको महाकाली नगरपालिकामा समिति गठन गरिएको थियो । त्यसै सोही कार्यक्रम अन्तरगत सोमबार शैल्यशिखर नगरपालिकामा नगरप्रमुख अमरसिह धामीको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख करबीरबहादुर कार्की प्रमुख तथा प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य विशिष्ट अतिथी रहेका थिए ।
प्रहरी शैल्यशिखर साझेदारी कार्यक्रमले समाजको शान्ति सुरक्षा कायम गर्नको लागि महत्वपुर्ण भूमिका खेल्ने बक्ताहरुले बताएका छन् । नगरपालिकामा कार्यक्रमले तोकेको परिधीमै समिति गठन गरिएको छ । 
आजै मालिकार्जुन गाउँपालिकामा पनि प्रहरी समुदाय कार्यक्रम अन्तरगत समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिनुभयो ।