मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपकाे सर्भर डाउन

६ महिना अघि

२0८0 फाल्गुन २२ मंगलवार

मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपकाे सर्भर डाउन

मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपकाे सर्भर डाउन भएको छ । बेलुका ९ बजेतिर चलिरहेको एकाउन्ट अचानक लगआउट भएको हो ।

भारत, अमेरिकालगायत विश्वभर नै समग्र सिस्टम डाउन भएकाे सीएनएनलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्ताे समस्या आउनुकाे कारण भने खुलिसकेकाे छैन ।