एमाले मालिकार्जुन गाउँपालिका कमिटिको दोस्रो अधिवेशन सम्पन्न

६ महिना अघि

२0८0 फाल्गुन २२ मंगलवार

एमाले मालिकार्जुन गाउँपालिका कमिटिको दोस्रो अधिवेशन सम्पन्न

नेकपा एमाले मालिकार्जुन गाउँपालिका कमिटिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आइतबार उद्घाटन गरिएको दोस्रो अधिवेशनबाट चक्रसिह धामी अध्यक्ष रहने गरि ४१ सदस्यीय पालिका कमिटि निर्विरोध निर्वाचित भएको नेकपा एमाले जिल्ला कमिटि सचिव उमेशराज जोशीले दृष्टिकोण दैनिकलाई जानकारी दिनुभयो । 


कमिटिको उपाध्यक्षमा ललितसिह धामी, सचिवमा दिलिपसिह धामी, उपसचिव खुलातर्फ गजिराम लोहार र महिला उपसचिवमा सुनिता निर्विरोध निर्वाचित भएको जिल्ला कमिटि सचिव जोशीले बताउनुभयो । 


त्यस्तै भुगोलतर्फ २४ जना पालिका कमिटि सदस्य निर्वाचित हुनुपर्नेमा १६ सदस्य निर्वाचित भएका छन् भने महिलातर्फ ८ जना निर्वाचित हुनुपर्नेमा ७ सदस्य निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ । 
समावेशीतर्फ दलित खुलामा ५ जनाको कोटा रहेकोमा ३ जना निर्वाचित हुँदा दलित महिलातर्फ २ जना निर्विरोध निर्वाचित भएका छन् ।  महिला खुलातर्फ भने ४ जनाको कोटामा चारै जना निर्वाचित भएको जनाएको छ ।