प्रहरीमाथि चक्कु प्रहार गरी फरार रहेका उमेश कुँवर पक्राउ

६ महिना अघि

२0८0 फाल्गुन २१ सोमबार

प्रहरीमाथि चक्कु प्रहार गरी फरार रहेका उमेश कुँवर  पक्राउ

प्रहरीमाथि चक्कु प्रहार गरी फरार रहेका  २४ वर्षीय उमेश कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । माघ ७ गते दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका कुँवरलाई प्रहरीले साेमबार पक्राउ गरेको हो ।

कुँवरले श्रीमती धनिशा कुँवरलाई घरमा बन्धक बनाई कुटपिट गर्ने गरेको भन्दै प्रहरीमा उजुरी आएपछि माघ ७ गते सामुदायिक प्रहरी केन्द्र बांगाबगरबाट प्रहरी टोली कुँवरको घर गएको थियो।

घरमा पुगेका प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्नामाथि कुँवरले चक्कु प्रहार गरी घाइते बनाएका थिए ।

प्रहरीमाथि चक्कु प्रहार गरी सोही दिनबाट फरार रहेका कुँवरलाई सोमवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए ।पक्राउ परेका कुँवरमाथि प्रहरीले अपहरण तथा बन्दकी, ज्यान मार्ने उद्योग र जबरजस्तीकरणीको मुद्धा दर्ता गरेको छ।