बैतडीको सतबाँझमा एक युवक मृत फेला

६ महिना अघि

२0८0 फाल्गुन २१ सोमबार

बैतडीको सतबाँझमा एक युवक मृत फेला

बैतडीको सतबाँझमा एक युवक मृत फेला  परेका छन् ।  दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको सुर्नया गाउँपालिका २ सतबाँझमा सोमबार बिहान एक युवक मृत फेला परेका हुन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिका १ रिमका ३७ वर्षीय विरसिंह कुँवर मृत फेला परेका बैतडीका प्रहरी प्रवक्ता ,प्रहरी निरीक्षक नन्दराज जोशी जानकारी दिए । 

 मृतक कुँवर मादक पदार्थ सेवन गर्ने गरेका बताइएको छ। कुँवरका श्रीमतीको यसअघि नै मृत्युु भइसकेको र घरमा १ छोरा र १ छोरी रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता जोशीले  बताए ।