धनकुटाको पाख्रिबासमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु

६ महिना अघि

२0८0 फाल्गुन २0 आईतवार

धनकुटाको पाख्रिबासमा  भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु

धनकुटाको पाख्रिबासमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।धनकुटाको हिलेबाट चुम्बाङ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप भ्यान पाख्रिबास नगरपालिका वडा नं। १० चुम्बाङमा दुर्घटना हुँदा एकजना ११ वर्षीय बालकको मृत्यु भएको हो।मृत्यु भएका बालकको पहिचान नखुलेको धनकुटा अस्पतालले जनाएको छ।

पिकअप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो। पिकअपमा १७ जना सवार रहेका थिए। अधिकांश घाइते आफन्तको विवाहमा जाँदै गरेका पाहुना रहेको बताइएको छ।

ढुवानीका लागि प्रयोग हुने पिकअपले धनकुटाका ग्रामीण भेगमा मानिस बोक्ने गरेका छन्। पिकअपको डालामा मानिस बोक्दा सम्बन्धित निकाय मूकदर्शक बनेको स्थानीयको आरोप छ।   

सवारीचालक राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।