शालिन पोखरेलले आत्महत्या नै गरेको पुष्टि

६ महिना अघि

२0८0 फाल्गुन २0 आईतवार

शालिन पोखरेलले आत्महत्या नै गरेको  पुष्टि

चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलले आत्महत्या नै गरेको काठमाण्डौको त्रिवि शिक्षण अस्पतालले पुष्टि गरेको छ ।

शालिनमाथि बलात्कार नभएको र झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टमले देखाएको अस्पतालले जनाएको छ ।पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै सङ्केत नभेटिएको पनि अस्पतालले जनाएकाे छ ।

गएको फागुन १२ गते विद्यालयको छात्रावासको कोठामा शालिन मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो । तर परिवारले अस्पतालको विश्वास नभएको भनेर विरोध गरेपछि काठमाण्डौ ल्याएर पोस्टमार्टम भएको हो ।