इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी

६ महिना अघि

२0८0 फाल्गुन २0 आईतवार

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले नटिङघम फरेस्टलाई १–० गोलले हरायो । लिभरपुलका डार्विन नुनेजले खेलको इन्ज्युरी समयको नवौँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । लिभरपुलले शीर्ष स्थानमा अङ्क दुरी बढाएको छ । लिभरपुलको २७ खेलमा ६३ अङ्क भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २६ खेलमा ५९ अङ्क  छ । सिटीले आज म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ ।

हिजो भएका अरु खेलमा टोटनहमले क्रिस्टल प्यालेसलाई ३–१ गोलले, न्यूक्यासलले उल्भ्सलाई र फुलहमले ब्राइटनलाई समान ३–० गोलले, वेस्टह्यामले एभर्टनलाई ३–१ गोलले तथा एस्टनभिल्लाले लुटन टाउनलाई ३–२ गोलले हराएको छ । चेल्सी र बेन्टफोर्डले २–२ गोलको बराबरी खेलेका छन् ।

चेल्सीले खेलको ३५औँ मिनेटमा अग्रता बनाएको थियो । तर जोगाउन सकेन । खेलको दोस्रो हाफको ५०औँ मिनेटमा बेन्टफोर्डले एकरएकको बराबरी गर्‍यो । ६९औँ मिनेटमा चेल्सी २–१ ले पछि पर्‍यो । तर, ८३औँ मिनेटमा उसले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकियो । बराबरीसँगै चेल्सी २६ खेलबाट ३६ अङ्क जोडेर ११औँ स्थानमा यथावत् नै छ ।