दार्चुलामा एक युवक झुन्डिएको अवस्थामा मृत फेला

६ महिना अघि

२0८0 फाल्गुन १९ शनिबार

दार्चुलामा  एक युवक  झुन्डिएको अवस्थामा मृत फेला

दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्डमा एक युवक मृत फेला परेका छन् । सुण्डुमुण्डुका १७ वर्षीय कमलेश टमटा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सनिवार बिहान टमटा आफ्नै घरको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गोविन्द भण्डारीले बताउनुभयो ।मृत भेटिएका टमटा केही समय पहिले मात्रै भारतबाट घर आएको बताइएको छ । शव पोष्टमाटमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।