दार्चुलामा सांस्कृतिक तथा व्यापार महोत्सव लाग्ने 

६ महिना अघि

२0८0 फाल्गुन १८ शुक्रबार

दार्चुलामा सांस्कृतिक तथा व्यापार महोत्सव लाग्ने 

दार्चुलामा सांस्कृतिक तथा व्यापार महोत्सव लाग्ने भएको छ। भाषा कला र भेषभुषा दार्चुलाको पहिचान संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुल नाराका साथ सांस्कृतिक तथा व्यापार महोत्सव लाग्ने भएको हो।

फेवरेड मिडिया प्रा लि को आयोजनमा यहि चैत दुई गते देखि एघार गते सम्म लाग्ने शुक्रवारको पत्रकार सम्मेलनमा फेवरेट मिडियाका प्रबन्धक निर्देशक कृष्ण सिंह धामीले पत्रकार सम्मेलनमा बताउनु भयो। सांस्कृतिक तथा व्यापार महोत्सव २०८० ले मुख्य गरि संस्कृति संरक्षण सम्बृदधन तथा व्यापार व्यवसायको क्षेत्रको पहिचान र प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव लाग्ने भएको हो ।

संचालन हुने मेला महोत्सवमा महोत्सवका माध्यम बाट समग्र दार्चुला जिल्लाको व्यापार,कृषि ,कला, संस्कृति तथा पर्यटन क्षेत्रको पहिचान हुने लक्ष्य रहेको आयोजकले जनाएको छ । मेलामा प्रेवशको लागी प्रति व्यक्ति टिकट रु एक सय लाग्ने र विद्यार्थी तथा जेष्ठ नागरिकलाई रु ६० परिचय पत्र अनिवार्य रहेको पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।

मेला महोत्सवमा स्थानीय कलाकारलाई बडि प्राथमिकता  रहेको र राष्ट्रिय स्तरका कलाकारमा को ,को ल्याउने भन्ने विषयमा छलफल नभएको आयोजकले जनाएको छ । महोत्सवको तयारीको लागि समान आउने क्रम रहेको जनाएको छ । मेला महोत्सवको तयारी फागुन  24गते देखि हुने भएको छ । यसपालिको मेला महोत्सव दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर चारको शिव नगर खेलमैदानमा लाग्ने आयोजकले जनाएको छ ।  यस्तै वाईड नेपालले महोत्सव लगाउने समाचार दृष्टिकोण दैनिकले प्रकाशित गरेको थियो । वाइड नेपालले यसपालिको महोत्सव नलागाउने र यसपालिको मेला महोत्सव फेवरेट मिडियाले आयोजना गरेको हो ।