दार्चुलाकाे व्याँस –४ डोकटमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बीओपी० भवनको शिलान्यास

६ महिना अघि

२0८0 फाल्गुन १८ शुक्रबार

दार्चुलाकाे  व्याँस  –४  डोकटमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बीओपी० भवनको शिलान्यास

जिल्लाको व्याँस गाउँपालिका–४ सुन्सेराको डोकटमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बीओपी० भवनको शिलान्यास गरिएको छ ।

बीओपी भवनको बिहीवार विधिवत रुपमा शिलान्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० हर्कराज पन्तका अनुसार सशस्त्र प्रहरी बल बैजनाथ बाहिनी नम्बर ७ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० रमेश कुमार पाण्डे, प्रमुख जिल्ला अधिकारी किरण जोशी, व्याँस गाउँपालिकाका उपाध्यक्ष बिनोद कुँवर, गुरुगोरख गुल्म दार्चुलाका गुल्मपति बुद्ध देवकोटा, व्याँस गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष झुन सिंह विष्टको उपस्थितिमा भवन शिलान्यास गरिएको हो ।

१ करोड ५९ लाखमा ठेक्का सम्झौता भएको बीओपी भवनको सरस्वती रिठगडे जेभीले निर्माण गर्ने बताइएको छ । व्याँस गाउँपालिका–४ सुन्सेरामा घरभाडामा लिई २०८० बैशाख २५ गते बीओपी स्थापना गरिएको थियो ।