दुर्गम क्षेत्रमा इन्टरनेट, प्रविधि विस्तारमा एक युवा (फोटो कथा)

५ बर्ष अघि

२0७५ कार्तिक १९ सोमबार

दुर्गम क्षेत्रमा इन्टरनेट, प्रविधि विस्तारमा एक युवा (फोटो कथा)

दृष्टीकोण समाचार, कार्तिक १९ दार्चुला । दार्चुलामा एक दशक लामो समय सूचना प्रविधिको क्षेत्रमा काम गरेका एक युवा गाउँका विकट क्षेत्रमा इन्टरनेट सेवा विस्तार गरिरहेका छन् । सारथी मिडिया नेटवर्कका अध्यक्ष राजेन्द्र धामीले कार्तिक यसैसाता नौगाड गाउँपालिकाको दुर्गम क्षेत्रमा इन्टरनेट विस्तार गरेका छन् ।

यसका अतिरिक्त सञ्चार क्षेत्रबाट समेत पीडित मानिएको मार्मा र अपिहिमाल गाउँपालिकामा पनि इन्टरनेट सेवा विस्तार गर्न लागिएको शिखर नेट का सञ्चालक समेत रहेका राजेन्द्रसिह धामीको भनाई छ । यो भन्दा पहिले दार्चुला जिल्ला सदरमुकाम, दुहुँ, मालिकार्जुन, लेकम गाउँपालिकामा इन्टरनेट सेवा विस्तार गरिएको छ । 


पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा भएको विकासको सदुपयोग गर्दै लिङ्क सिस्टमका आधारमा गाउँगाउँमा इन्टरनेट विस्तार गरिरहेको धामीको भनाई छ । दार्चुला बाहेक बैतडी, डडेल्धुरा, डोटी लगायतका जिल्लाका दुर्गम क्षेत्रमा धामीले इन्टरनेट सेवा विस्तार गरिसेको छ । 

फाेटाे: राजेन्द्रसिह धामीकाे फेसबुकवालबाट साभार ।