काठमाण्डौ महानगरले सम्पदाको प्रवर्धनका निम्ति क्यूआर कोडमार्फत काम गर्ने

६ महिना अघि

२0८0 फाल्गुन १८ शुक्रबार

काठमाण्डौ महानगरले सम्पदाको प्रवर्धनका निम्ति क्यूआर कोडमार्फत काम गर्ने

काठमाण्डौ महानगरले सबै वडाको सम्पदा र मठमन्दिरको इतिहास र चिनारीका लागि क्युआर कोड राख्न शुरु गरेको छ । महानगरले सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वका ठाउँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले यसबारे सजिलै जानकारी पाउन सकुन् भनेर प्रविधिको प्रयोग थालेको जनाएको छ ।

काठमाण्डौ महानगरपालिका–१ मा रहेका नन्दीकेशर मन्दिर, शङ्करकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारीसम्बन्धी जानकारी दिने क्यूआर कोड राखिसकिएको छ । 

यस क्षेत्रमा रहेका अरु विभिन्न सम्पदाको प्रवर्धनका निम्ति क्यूआर कोडमार्फत काम थालिएको महानगरले जनाएको छ । महानगरका अनुसार क्यूआर कोडमा नेपाली, अंग्रेजी, जर्मन, हिन्दी, फ्रेन्च, चिनियाँ, कोरियन, स्पेनिस, जापानी, अरेबिक गरी ११ भाषामा सम्पदाको बारेमा अडियो सुन्न सकिन्छ ।