धनगढी उपमहानगरपालिकाकाे ६ लेन सडक झिलिमिली

६ महिना अघि

२0८0 फाल्गुन १७ बिहीबार

धनगढी उपमहानगरपालिकाकाे ६ लेन सडक झिलिमिली

सुदूरपश्चिमको अस्थायी राजधानी रहेको धनगढी उपमहानगरपालिकास्थित ६ लेन सडक झिलिमिली बनाइएको छ ।

नेपाल भारतको सीमा क्षेत्र त्रिनगरदेखि मोहनपुरसम्म ‘स्ट्रिप, रोप लाइट’ जडान गरिएपछि धनगढी झिलिमिली भएकाे हाे । यहाँको सडक क्षेत्र रातिको समयमा आकर्षक र सुन्दर देखिन थालेको छ ।उपमहानगरपालिकाको कार्यालयका अनुसार ३१ लाखको लागतमा २ सय ५६ वटा पोल र एक सय ४० वटा ट्रिगार्डमा स्ट्रिप, रोप जडान गरिएको छ ।