१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ

६ महिना अघि

२0८0 फाल्गुन १७ बिहीबार

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ

कैलालीमा बलात्कार आरोपमा एक वृद्ध पक्राउ परेका छन् । जिल्लाको टीकापुरबाट बिहिवार १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले वृद्धलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको छ । चौधरीले ती नाबालिकालाई  फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको आरोप लागेको छ । चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।