मालिकार्जुन गाउँपालिकाले गर्याे कम्बल वितरण

६ महिना अघि

२0८0 फाल्गुन १६ बुधबार

मालिकार्जुन गाउँपालिकाले गर्याे  कम्बल वितरण

दार्चुलाको मालिकार्जुन गाउँपालिकाले आज एक कार्यक्रमका बिच मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा अवस्थित राष्ट्रिय धाम श्री शैल्य माल्लिकार्जुन मन्दिरलाई कम्बल हस्तान्तरण गरेको छ । मन्दिरमा पाल्नुहुने भक्तजनहरुको आवास सुविधाको लागि कम्बल हस्तान्तरण गरिएको  मालिकार्जुन  गाउँपालिकाले जनाएको छ ।

मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिह धामीले मालिकार्जुन मन्दिर विकास समितिका सचिव जनक सिह धामीलाई २० थान कम्बल हस्तान्तरण गर्नुभएको हो ।