बैतडीमा सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले स्काभेटर पुरिँदा चालक घाइते

६ महिना अघि

२0८0 फाल्गुन १५ मंगलवार

बैतडीमा सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले स्काभेटर पुरिँदा चालक घाइते

बैतडीमा सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले स्काभेटर पुरिँदा चालक घाइते भएका छन् ।

जिल्लाको सुर्नया गाउँपालिका वडा नं ८ साँफेबगर भन्ने स्थानमा सतबाँझ –श्रीभावर सडक अन्तर्गत डबल कटिङको काम गरिरहँदा माथिबाट खसेको पहिरोले बा ३ क १४८ नम्बरको स्काभेटर पुरिएको र उक्त स्काभेटर चालक डडेल्धुराको भागेश्वर गाउँपालिका ३ का २६ बर्षीय आनन्द गिरी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिनु भयाे  । 

मंगलबार दिउँसो सडक खन्ने क्रममा जागृति मुनाल कन्सट्रक्सनको स्काभेटर पहिरोमा पुरिएको हो । पहिरोले स्काभेटर पुरिँदा घाइते भएका चालक गिरीलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ । गिरीको घाँटी र कम्मरमा चोट रहेको छ भने उनको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक जोशीले बताए ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।