शनिबार हिउँदे बर्षा भयो

५ बर्ष अघि

२0७५ कार्तिक १८ आईतवार

शनिबार हिउँदे बर्षा भयो

रमेश खत्री कार्तिक १८ दार्चुला कार्तिक तेश्रो साताको शनिबार दार्चुला लगायत सुदुरपश्चिमको अधिकाँश ठाउँमा हिउँदे बर्षा भएको छ । शनिबार मौसम बदलि भई हल्का बर्षा भएको । दार्चुलामा रहेको जल तथा मौसम मापन केन्द्रका अनुसार १५ दशमलब २ मिलिलिटर बर्षा मापन गरिएको छ । यसका साथै जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । पानी परेपछि चिसो बढेको छ । यसबर्ष बर्षातमा धेरै पानी परेपछि बर्खे बालीको उत्पादन बढेको छ भने हिउँदे बाली लगाउने बेलामा भएको बर्षाले किसानहरुलाई राहत भएको छ । जिल्लाका अधिकाँश भागमा हिउँदे सिजनमा पानी नपरेका कारण हिउँदे बाली लगाउन समस्या हुने गरेकोमा यसपाली पानी परेपछि हिउँदे बाली सप्रीने भन्दै किसान खुसी भएका छन् । जिल्लाका अधिकाँश भागमा गहुँबाली लगाइ सकेको छ भने केही भागमा गहुँ लगाउन बाँकी छ ।