दार्चुलाकी बबिता बिष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरष्कार प्रदान

६ महिना अघि

२0८0 फाल्गुन १५ मंगलवार

दार्चुलाकी  बबिता बिष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरष्कार प्रदान

जिल्ला अस्पताल दार्चुलामा कार्यरत सिनियर अनमी बबिता बिष्टलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ ।

स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बिष्टलाई उक्त पुरस्कार प्रदान गरिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र स्वास्थ्य सचिव डा। रोशन पोखरेलले बिष्टलाई एक लाख नगद पुरस्कार सहित उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन् ।