महाकाली सिंचाइ आयोजनाको मूल नहरमा एक युवक मृत फेला

६ महिना अघि

२0८0 फाल्गुन १५ मंगलवार

महाकाली सिंचाइ आयोजनाको मूल नहरमा  एक युवक मृत फेला

कञ्चनपुरमा एक युवकको शव फेला परेको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ गोबरिया नजिकै महाकाली सिंचाइ आयोजनाको मूल नहरमा स्थानीय ३७ वर्षीय चन्द्रबहादुर विष्ट मृत फेला परेका हुन् ।

तीनदिन अघिदेखि हराएका विष्टको हत्या गरेर नहरमा फालेको अवस्थामा शव फेला परेको जनाईएको छ । आइतबार घरदेखि हराएका विष्टको मंगलबार हत्या गरेको अवस्थामा सिँचाईको नहरमा शव फेला परेको परिवारजले जनाएका छन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे  छ ।