मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ मा , १९ जना लाभग्राहीहरुले सामाजिक सुरक्षा भता बुझे

६ महिना अघि

२0८0 फाल्गुन १३ आईतवार

मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ मा , १९ जना लाभग्राहीहरुले सामाजिक सुरक्षा भता बुझे


दार्चुलामा मालिकार्जुन गाउपालिकाको आयोजना तथा माछापुच्छ्रे बंैक लि, मालिकार्जुन शाखाको सहकार्यमा मालिकार्जुन गाउपालिका वडा नम्बर ६ मा आयोजना गरिएको सामाजिक सुरक्षा भता शिविरमा १२ जना महिला तथा ७ जना पुरुष गरि जम्मा १९ जना लाभग्राहीहरुले सामाजिक सुरक्षा भता बुझेका छन ।  

मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ मै आयोजना गरिएको डाक्टर सहितको घरदैलो स्वास्थ्य शिविरमा ४४ महिला २९ पुरुष गरि जम्मा ७३ जनाले स्वास्थ्य परिक्षण ,परार्मश तथा औषधी वितरण गरिएको मालिकार्जुन गाउपालिकाले जनाएको छ ।


कार्यक्रममा मालिकार्जुन गाउपालिका उपाध्यक्ष्य एंव अनुगमन समिति संयोजक कल्यान सिंह धामी लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।  यस्तै भोली मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ को कार्यालयमा सामाजिक सुरक्षा भता वितरण , डाक्टर सहितको घरदैलो स्वास्थ्य शिविर आयोजना हुने मालिकार्जुन गाउँपालिकाले जनाएको छ ।