महाकाली नगरपालिकामा कार्यरत महिला नगर प्रहरी झुण्डिएको अवस्थामा मृत फेला

६ महिना अघि

२0८0 फाल्गुन १३ आईतवार

 महाकाली नगरपालिकामा कार्यरत महिला नगर प्रहरी झुण्डिएको अवस्थामा मृत फेला

 महाकाली नगरपालिकामा कार्यरत महिला नगर प्रहरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।महाकाली नगरपालिका(४ खलंगास्थित डेरा गरी बस्ने वडा नम्बर ८ कि २२ वर्षीया रविना पल्याल कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आज दिउँसो २ बजेतिर पल्याल आफ्नै कोठामा रहेको पंखाको डण्डीमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिए ।१० बजे घरबाट आएकी नगर प्रहरी पल्यालको २ बजे डिउटी थियो । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।