'राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक’ प्रतिनिधिसभामा पेश

६ महिना अघि

२0८0 फाल्गुन १३ आईतवार

'राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक’ प्रतिनिधिसभामा पेश

सरकारले ‘राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधिसभामा पेश गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त विधेयक प्रतिनिधिसभामा पेस गरेका हुन् । 

उपप्रधानमन्त्री श्रेष्ठले राजनीतिक दलसम्बन्धि ऐन, २०७३ को केही व्यवस्थाहरूमा अध्यादेशले संशोधन गरेको र सो पश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धि ऐन, २०७३ लाई संशोधन गर्न बनेको ल्याउनुपरेको बताए । उनले भने, ‘राजनीतिक दलसम्बन्धि ऐन, २०७३ को केही व्यवस्थाहरूमा अध्यादेशले संशोधन गरेको र सो पश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धि ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक यस सम्मानित प्रतिनिधिसभामा पेश गर्दछु ।’

उक्त विधेयकमाथि अब सैद्धान्तिक छलफल हुनेछ । सांसदहरूले संशोधन राख्ने समय छुट्याइनेछ भने त्यसपछि दफावार छलफल हुनेछ ।