दार्चुलाको नेपाल–भारत जोड्ने खलंगा झोलुङ्गे पुल  ५ घण्टा बन्दा

६ महिना अघि

२0८0 फाल्गुन १३ आईतवार

दार्चुलाको नेपाल–भारत जोड्ने खलंगा झोलुङ्गे पुल  ५ घण्टा बन्दा

दार्चुलाको नेपाल–भारत जोड्ने खलंगा झोलुङ्गे पुल  ५ घण्टा बन्दा गरिएकाे छ । झोलुङ्गे पुलका पट्टा र नट बोल्ट मर्मत गर्नुपर्ने भएकाले सीमा पुल बन्द हुने दार्चुला प्रशासनले एक सूचना जारी गर्दै सूचित गरेको छ ।

पुल मर्मत कार्य बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म हुने भएकाले सो समयमा पुलमा आवतजावत बन्द गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिए ।

पुल मर्मत बारे भारतीय पक्षबाट जानकारी प्राप्त भएकाले उल्लेखित समयमा पुलबाट आवतजावत बन्द हुने प्रशासनले जनाएको छ ।