८ महिना अघि
२0८0 फाल्गुन ११ शुक्रबार
हरेक मान्छेको आ आपन्नाे सपना हुन्छ । जिवनमा यो गरेर देखाउछु भनेर अगाडी बडेका हुन्छन । त्यस्तै एक युवा हुन बैतडीका अन्मोल भण्डारी उनी एक नयाँ उदयपमान मुक्तककार हुन्न । सानै देखि साहित्य क्षेत्रमा कलम चलाउदै आएका अन्मोल भण्डारीले आफनो एक साहित्यक पुस्कक ल्याएरनै छाडे । आफनो पढाई संगसंगै साहित्य क्षेत्रमा रुचि देखाएका अन्मोल भण्डारीले आफनो एक नयाँ मुक्तक संग्रहको पुस्तक हुरी ल्याएका छन । समाजमा रहेको यथार्थ घटनामा रहेर उनले रचना कोरेका छन । यो उनको पहिलो मुक्तक संग्रह हो । मुक्तककार भण्डारी विशेष गरेर समाजवादी मुक्तककार हुन उनले बढी जसो समाजको बारेमा आफना मनमा लागेका कुरा कापीको पानामा कोरने गर्दछन । मुक्तक संग्रह हुरीमा विशेष रुपले हाम्रो समाजमा भएका छुवा छुत दाईजो प्रथा लगायत का विभिन्न घटनाहरुलाई प्रस्टयाउन खोजेको छ । मुक्तक संग्रह नमस्कार इनस्टीच्युट र्कीतिपुर काठमान्डौमा समय विहान नौ बजे मुक्तककार सन्तोस अम्गाईद्दारा लोकापार्ण हुने बताईएको छ ।