एनआइसी एसिया बैंकको एटिएम फुटाएर चोरी गर्न खोज्ने एक युवक पक्राउ

६ महिना अघि

२0८0 फाल्गुन ११ शुक्रबार

एनआइसी एसिया बैंकको एटिएम फुटाएर चोरी गर्न खोज्ने एक युवक पक्राउ

गए राति महाकाली नगरपालिका(४ आर्मीगेट अगाडी रहेको एनआइसी एसिया बैंकको एटिएम फुटाएर चोरी गर्न खोज्ने एक युवक पक्राउ परेका छन् ।नगद चोरी गर्ने उद्धेश्यले एटिएम फुटाउन खोज्ने दुहुँ गाउँपालिका(४ पोक्सेका २९ वर्षीय दिलेन्द्र सिंह कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिए ।

कार्कीले बिहिवार राती साढे १२ बजेको समयमा एटिएम फोड्ने प्रयास गरेका थिए । तर, फोड्न सकेनन् । बिहान मात्रै बैंकका कर्मचारीले एटिएम बक्सको केही भाग फोडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

एटिएम कक्षको सीसीटिभी क्यामेराको फुटेजमा देखिएको हुलियाको आधारमा शुक्रवार दिउँसो साढे १२ सदरमुकाम खलंगाबाट उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक भण्डारीले बताए । पक्राउ परेका उनलाई सोधपुछ तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।