झुण्डिएको अवस्थामा एक विवाहित युवती मृत फेला

६ महिना अघि

२0८0 फाल्गुन ९ बुधबार

झुण्डिएको अवस्थामा  एक विवाहित युवती मृत फेला

बैतडीमा एक विवाहित युवती मृत फेला परेकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका –२ देहीमाण्डौं रजाडकी २० बर्षीया लक्ष्मी बोहरा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिनु भयाे । 

घरभन्दा ५ सय मिटर पर रहेको रुखमा बुधबार बिहान बोहरा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । मृतक बोहराका ३ बर्षीय छोरा रहेको बताइएको छ । 

मृतकका श्रीमान र ससुरा रोजगारीका लागि भारतमा रहेका छन् । बोहराले किन आत्महत्या गरिन् भन्ने बिषय खुलेको छैन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।