केदारनाथ बचत तथा ऋण सहकारी संस्थाको पैसा चोरी

६ महिना अघि

२0८0 फाल्गुन ८ मंगलवार

केदारनाथ बचत तथा ऋण सहकारी संस्थाको  पैसा चोरी

दार्चुलामा कोठाबाट सहकारीको पैसा चोरी भएको छ । केदारनाथ बचत तथा ऋण सहकारी संस्थाको जम्मा गर्नुपर्ने ३२ हजार रुपैयाँ चोरी भएको हो ।महाकाली नगरपालिका–४ आर्मीगेट अगाडीको घरमा डेरा गरी बस्ने केदारनाथ सहकारीकी पैसा संकलन गर्ने कर्मचारी व्याँस गाउँपालिका–६ बडूगाउँकी मन्जु भट्टको कोठामा रहेको झोलाबाट रकम चोरी भएको बताइएको छ ।

सहकारीमा जम्मा गर्नुपर्ने १ लाख १७ हजार रुपैयाँमध्ये ३२ हजार रुपैयाँ सोमवार साँझ चोरी भएको र मंगलवार बिहान साढे ६ बजेको समयमा उक्त रकम मध्ये १४ हजार ढोका अगाडी राखेको पाइएको मन्जु भट्टले बताइन् ।पैसा चोरी भएकोबारे प्रहरीमा निवेदन दिइसकेको उनको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पैसा चोरी भएको कोठाको चाबीताल्चा तोडिएको छैन् ।