बदेँलको आक्रमणबाट एक पुरुष गम्भीर घाइते

७ महिना अघि

२0८0 फाल्गुन ७ सोमबार

बदेँलको आक्रमणबाट एक पुरुष गम्भीर घाइते

अछाममा बदेँलको आक्रमणबाट एक पुरुष घाइते भएका छन्।मंगलसेन नगरपालिका–६ का ४९ वर्षीय रामप्रसाद भण्डारी गम्भीर घाइते भएका हुन्। सोहि पालिकाको–७ को खेताडा टोलमा बस्तिमा छिरेको बदेललाइ लखेटने क्रममा आक्रमणमा परेर भण्डारी गम्भीर घाइते भएका हुन्।


भण्डारीको अनुहार, तिर्घा, दुबै हात लगायत शरिका अन्य भागमा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला अस्पताल अछामले सामान्य उपचार गरेर सुर्खेत प्रादेशिक अस्पतालमा रेफर गरेको छ।