जोखिम न्युनिकरणमा सबैको उतिकै भुमिका, दार्चुलामा पनि पुर्वतयारी गरिदै ।। 

५ बर्ष अघि

२0७५ कार्तिक १७ शनिबार

जोखिम न्युनिकरणमा सबैको उतिकै भुमिका, दार्चुलामा पनि पुर्वतयारी गरिदै ।। 

राम सिह धामी, दृष्टिकाेण समाचार  दार्चुला 
दार्चुला जिल्ला दैविक प्रकोपको उच्च जोखिममा रहेकाले नेपाल रेडक्रस सोसाईटि दार्चुलाले पनि पुर्व तयारी स्वरुव विभिन्न आपतकालीन सामागी्रहरुको तयारी गरिरहेको छ । दैविक प्रकोपका बेला प्रयोग गरिने रवर बोट लाईफ ज्याकेट लगायतका विभिन्न सामग्रीहरु शुक्रबार नेपाल रेडक्रस शोसाईटिले शसस्त्र प्रहरीलाई हस्तान्त्रण गरेको छ । 
दैविक प्रकोप जतिसुकैबेलापनि आउन सक्ने भएकाले हरेक नागरिक चनाखु तथा दैविक प्रकोप आईहालेमा कसरी जोगिने भन्ने विषयमा जानकारी लिन हामी सबैको दायित्य हुन्छ । 
दार्चुला जिल्लामा मात्रै नभई नेपाल भरी नै दैविक प्रकोपबाट धेरैले अकालमा ज्यान गुमाई रहेका हुन्छ । त्यसको फलस्वरुप शुक्रबार नेपाल रेडक्रस सोशाईटि जिल्ला शाखा दार्चुलाले ७लाख ५० हजार बारबरको आपतकालीन सामाग्रीहरु दार्चुला पुगाएको छ । विपतको बेला हुन सक्ने घटनामा सहयोग गर्ने उदेश्यले दार्चुला जिल्लामा पुगेको आपतकालीन सामाग्रीले थुप्रै सहयोग पुग्ने र यसको सहि प्रयोग गर्नु आश्वयक रहेको जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी खुम कान्त आर्चायले बताउनु भयो । 


दार्चुला जिल्लाको विपत व्यवस्थापनका लागि रवर बोट १, लाईफ ज्याकेट ८,लाईफ व्याट २, डोरी ३ थान, पम्प १, रयाडल ६वटा, मास्टर व्याडल १ र मेटाफोन २ थान गरि जम्म ७ लाख ५० हजार बरावरको आपतकालिन सामाग्रीहरु शसस्त्र प्रहरी सिमा गुल्म दार्चुलालाई हस्तान्त्रण गरेका छन । 
दार्चुला जिल्लामा दुईवटा ठुला नदिहरु रहेकाले पनि जोखिमका हिसावले उच्च रहदा आपतकालीन अवस्थामा प्रयोगका लगि नेपाल रेडक्रस सोसाईटिले दिएको सामाग्रीले ठुलो सहयोग पुगेको शसस्त्र प्रहरी प्रमुख डिएसपि भिम बहादुर चन्दले बताउनु भयो । 
दार्चुला जिल्लामा रेफ्टिङको पहिलो अभ्यास भएकाले अवका दिन सिमा क्षेत्रमा राज्यको उपस्थीतिका लागि पनि यस्ले ठुलो भुमिका खेल्ने पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिह धामीले बताउनु भयो ।
नेपाल रेडक्रस सोसाईटि दार्चुलाको अगुवाईमा मालिकार्जुन गाँउपालिका वडा नं. ६ र ७ मा रहेको महाकाली नदिमा रवर बोटको उद्धघाटन गरि सबै सामग्रिहरु शसस्त्र प्रहरीको जिम्मा लगाएका छन । 
नेपाल रेडक्रस जिल्ला शाखा दार्चुलाले दार्चुला जिल्लाको DPDRRकार्यक्रमले पानी जन्य तालिमहरु , विपत सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरु लगायत विभिन्न विपत न्युनिकरण सम्बन्धि नाटक तथा झाँकिहरु पनि प्रर्दशन गरेका थिए भने जिल्लाका सुरक्षाक्रमीहरु , नगरपालिका तथा गाँउपालिका पदाधिकारी, जिल्ला समन्वय समितिका पदाधिकारी लगायत सरकारी तथा गैर सरकारी संघ संस्थाहरु र पत्रकारहरुलाई समेत बिभिन्न तालिमहरु प्रदान गरिसकेको जिल्ला आपतकालिन सञ्चालन केन्द्र दार्चुलाका प्रमुख राजकुमार घिमिरेले बताउनु भयो । 


दार्चुला जिल्लामा रहेको जिल्ला आपतकालिन सञ्चालन केन्द्र दार्चुलाले जिल्लाको जोखिम युक्त क्षेत्र पहिचान गरि विभिन्न जनचेतना मुलक कार्यक्रमहरुको आयोजना गरि सबैलाई जानकारी गराउने गरेको र जोखिम न्युनिकरणका लागि सरोकारवाल निकायहरुलाई बेलाबेला घचघच्याउने तथा समन्वय गरि जागरुक गराउने काम आपतकालीन केन्द्रले गरिरहेको प्रमुख घिमीरेले बताउनु भयो ।