माघमै उठ्यो सेयर बजारबाट ९७ करोड २० लाख पुँजीगत लाभकर

७ महिना अघि

२0८0 फाल्गुन ६ आईतवार

माघमै उठ्यो सेयर बजारबाट  ९७ करोड २० लाख पुँजीगत लाभकर

सेयर बजारबाट सरकारले माघ महिनामा मात्रै ९७ करोड २० लाख रुपैयाँ पूँजीगत लाभकर पाएको छ । सीडीएस एण्ड क्लियरिङ कम्पनीको तथ्यांकअनुसार चालु आर्थिक वर्षका महिनामा माघमा उठेको पूँजीगत लाभकर सबैभन्दा धेरै हो ।

सेयर लगानीकर्ताका लागि सरकारले दुई दर कायम गरेर पूँजीगत लाभकर उठाउँदै आएको छ । १ वर्ष वा सोभन्दा कम अविध सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले नाफामा साढे ७ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ भने १ वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा आएको नाफामा ५ प्रतिशत तिर्नुपर्छ ।

माघमा उठेको पूँजीगत लाभकरमध्ये १६ करोड ३१ लाख ५७ हजार रुपैयाँ  १ वर्षभन्दा बढी अवधिसम्म सेयर होल्ड गरेर बेचेका व्यक्तिगत लगानीकर्ताले तिरेको रकम हो ।यो भनेको नाफामा ५ प्रतिशत लागेको कर रकम हो ।

त्यस्तै छोटो अवधि अर्थात् १ वर्षभन्दा कम समय होल्ड गरेर बिक्री भएको सेयरबाट भएको नाफामा ५२ करोड ४४ लाख ७२ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको छ । यो भनेको नाफाबाट साढे ७ प्रतिशत तिरिएको कर रकम हो । बाँकी  ४ करोड ६५ लाख ४१ हजार रुपैयाँ भने संस्थागत लगानीकर्ताबाट संकलन भएको पूँजीगत लाभकर हो ।