तीर्थयात्री बोकेको बस दुर्घटना, ३० जना घाइते

७ महिना अघि

२0८0 फाल्गुन ५ शनिबार

तीर्थयात्री बोकेको बस दुर्घटना, ३० जना घाइते

पृथ्वी राजमार्ग अन्तरगत मलेखु बेनीघाट सडक खण्डमा भएको सवारी दुर्घटनामा परी ३० यात्रु घाईते भएका छन् ।काठमाण्डौबाट मुग्लीनतर्फ जाँदै गरेको तीर्थयात्री बोकेको बा ५ ख ५०७१ नम्वरको बस र विपरित दिशाबाट आउँदै लु १ क नम्वरको ट्रकसँग एक आपसमा ठक्र खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटना वेनीघाट रोराङ्ग गाउँपालिकास्थित मलेखु नजिकै भएको हो । दुर्घटनामा परी घाईते भएकाहरुलाई मलेखुस्थित सामुदायिक अस्पताल र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ ।

दुर्घटनाका गम्भिर घाईते ६ जनालाई थप उपचारका लागि राजधानी काठमाण्डौतर्फ लगिएको धादिङ प्रहरीले जनाएको छ ।