महकाली नदी नियन्त्रण अायाेजना : २० प्रतिशत काम बाँकी

५ बर्ष अघि

२0७५ कार्तिक १७ शनिबार

महकाली नदी नियन्त्रण अायाेजना : २० प्रतिशत काम बाँकी

ललित सामन्त,कार्तिक १७ दार्चुला । २०७० सालमा महाकाली नदिमा आएको बाढीले दार्चुला जिल्ला सदरमुकामको धेरै भु—भाग कटान गरेपिछ नदि नीयन्त्रण गर्नका लागि निर्माणाधिन अवस्थामा रहेको तटबन्ध निर्माणको काम ८० प्रतिशत पूरा भएको छ । नेपाल सरकारले नदी किनारको क्षेत्रलाई कटान गर्नबाट बचाउन आर्थिक बर्ष २०७१÷७२ बाट महाकाली नदि नियन्त्रण आयोजना लागु गरेको थियो । पञ्चबर्षिय योजना सहित ३ अरब ५ करोड रुपैँयाको लागतमा आयोजना सुरु गरेको थियो । पाँचबर्षको अवधिमा महाकाली नदि नियन्त्रण आयोजनामा १ अर्ब ८५ करोड ६३ लाख ९० हजार ६० रुपैँया खर्च भएको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख मित्र बरालले जानकारी दिनुभयो । 
बताउनु भयो । आयोजना प्रारम्भ हुदा देखि २०७५ असार मसान्त सम्म सकिसक्नु पर्नेकाम भएतापनि निर्माण साम्रगीको अभाव र भारतले लगाएको नाकाबन्दी २०७२सालको भुुकम्पका कारण भनेको समयमा काम सम्पन हुन नसकिएको देबकोटाले बताउनु भयो । हाल सम्म १७ ओटा ठेक्का सम्झौता गरिएकोमा ९ ओटा ठेक्काले निर्माण कार्य सम्पन्न भइसकेको आयोजना इन्जिनियर एवं सुचना अधिकारी राजेश पौडेलले बताउनु भयो । 
जिल्ला सदरमुकाम क्षेत्रमा साढे ४ किलोमिटरमा मेसिनरी वाल र जिल्ला सदरमुकाम बाहिर साढे ८ किलोमिटरमा ग्याविन जाली सहितको पर्खाल बनाउने आयोजनाको लक्ष्य छ । 
४३ दशमलव ५ हेक्टर क्षेत्रफलको महाकाली नदी किनार क्षेत्रमा संरचना निर्माण र संरक्षणको कार्य गरिने आयोजनाले जनाएको  छ । २०७५ असार सम्म ४ हजार २ सय ८६ मिटर आरसिसि टेनिङ वाल निर्माण भइसकेको इन्जिनियर पौडेलले बताउनु भयो । ढुंगाको मेसिनरी वाल २ हजार ९ सय ९८ मिटर लामो सर्भिस रोड सम्पन भइसकेको छ । ग्याविन जाली सहित ५ हजार ७ सय ९ मिटर लामो तटबन्ध महाकाली नदी किनारमा राखिएको छ । शुरुको पाँच बर्षे सम्झौता सकिएपछि महाकाली नदी नियन्त्रण आयोजनाको समय दुई बर्ष थप भएको छ । थपीएको अवधिमा निर्माण हुन बाँकी २० प्रतिशत भौतिक कार्य पूरा गरिने र जिल्ला बाहिरका जोखिमपुर्ण क्षेत्रहरु श्रीबगड, कलौन, किम्तडी, धाप, दत्तु, जौलजिवि लगायत क्षेत्रमा पनि नदी नियन्त्रणको संरचनाइने छ ।