भन्सार छलीका सामग्री बरामद

७ महिना अघि

२0८0 फाल्गुन ४ शुक्रबार

भन्सार छलीका सामग्री बरामद

बैतडीबाट भन्सार छलीका सामग्री बरामद गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–४ कल्वारमोडबाट अवैध रुपमा भारतबाट भन्सार छली गरेर ल्याएका ८ हजार ५७० रुपैयाँ मूल्य बराबरका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।

 भन्सार छलेर सामान ल्याइरहेको भन्ने सूचनाका आधारमा बिहीबार साँझ खटिएको प्रहरीको गस्ती टोलीले भन्सार छलीका सामग्री बरामद गरेको प्रहरी निरीक्षक जोशीले बताउनु भयाे । 

चिनी, बिडी, प्लास्टिक, सलाई लगायतका सामग्री बरामद गरिएकाे उनले बताउनु भयाे । ती सामग्रीहरुलाई आज आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइने प्रहरी निरीक्षक जोशीले बताउनु भयाे ।