एक केमिकल गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु

७ महिना अघि

२0८0 फाल्गुन ४ शुक्रबार

एक केमिकल गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु

भारतको नयाँ दिल्लीको अलिपुरमा रहेको एक केमिकल गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । आगलागीबाट नजिकैका पसल र घर जलेर ध्वस्त भएका छन् । 

धुवाँको मुस्लो केही किलोमिटर टाढाबाट पनि देखिन्थ्यो । करिब तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । त्यसपछि खोजी अभियानमा सात जनाको शव निकालिएको थियो । भित्र फसेका बाँकी व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ ।

आगो लागेपछि नजिकैका मानिसहरू भागेर ज्यान बचाउन पुगेका थिए । आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।बिहीबार साँझ करिब ५ः३० बजे अलिपुरको एच ब्लक दयाल मार्केटमा रहेको केमिकल गोदाममा आगलागी भएको जानकारी प्रहरी र दमकल विभागलाई प्राप्त भएको अधिकारीहरूले बताएका छन्। घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेका २२ वटा दमकलको सहयोगमा तीन घण्टाभित्र आगो नियन्त्रणमा लिएको थियो ।