भ्यालेन्टाइन डे  काे अवसरमा प्रेमी–प्रेमिकाहरूले के उपहार साटासाट गर्छन् 

७ महिना अघि

२0८0 फाल्गुन २ बुधबार

भ्यालेन्टाइन डे  काे अवसरमा प्रेमी–प्रेमिकाहरूले के उपहार साटासाट गर्छन् 

हरेक वर्षको फेब्रुअरी १४ मा संसारका विभिन्न भागमा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइन्छ । विश्वव्यापीकरणको प्रभावसँगै केही वर्षयता यो दिवस नेपालमा पनि भित्रिएको छ । विशेषगरी युवापुस्ताले यसको अनुशरण गरेको पाइएको छ । वास्तवमा प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि यो विशेष दिन हो । प्रेमी र प्रेमिकाले आफ्नो प्रेमको सफलतामा खुसी प्रकट गर्दै भविष्यमा अझै गाढा प्रेम बसोस् भनी कामना गर्ने दिन पनि हो । भ्यालेन्टाइन डे विशेष बनाउन ठूलै योजना बनाएर घुम्ने र धेरै पैसा खर्च गर्नुपर्छ भन्ने छैन । आजको दिनलाई यसरी सामान्य ढंगले मनाएर पनि स्मरणीय बनाउन सकिन्छ ।


आज भ्यालेन्टाइन डे । प्रेमी–प्रेमिकाहरूले यस अवसरमा उपहार साटासाट गर्छन् । मानिसले आफ्ना बच्चा, अभिभावक र मिल्ने साथीलाई पनि माया दर्शाउन उपहार दिने गर्छन् । भ्यालेन्टाइन डेलाई यादगार बनाउने केही उपहार यस्ता छन् । 

गुलाफ स् यो फूललाई प्रेम, स्नेह र सौन्दर्यको प्रतीक मानिन्छ । त्यसैले प्रेम अभिव्यक्त गर्नका लागि मानिस एक–अर्कालाई गुलाफ दिन्छन् । अलग–अलग रङका गुलाफले अलग अर्थ दिन्छ । जस्तो, पहेँलो गुलाफले मित्रता, सेतो गुलाफले सम्बन्धको सुरुवात, रातो गुलाफले प्रगाढ प्रेमको प्रतिनिधित्व गर्छन् ।

फोटो फ्रेम स् कसैले लामो समय सम्झिरहोस् भन्ने चाहना राखेर फोटो फ्रेम दिन सक्नुहुन्छ । फोटोले सधैँ आफ्ना नजिकका मानिसको सम्झना गराउँछ । 

डायरी स् यादगार रहने अर्को उपहार डायरी हो । डायरीमा मानिसले आफ्नो दैनिकी वा आफूलाई मनपरेका कविता, गजल वा अनुभव लेखेर संग्रह गर्न सक्छन् । यसबाहेक घडी, टेडिबियर, पर्फ्युम, कप, किरिङलगायत पनि भ्यालेन्टाइनमा धेरै प्रयोग हुने उपहार हुन् ।